Logo

महुली लघुवित्तको लिलामी शेयरमा आजसम्म लगानी गर्न सकिने



काठमाडौं, ३१ जेठ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको जेठ १३ गतेदेखि लिलामी विक्रि खुल्ला भएको महुली लघुवित्तको संस्थापक शेयरमा लगानी गर्ने आज अन्तिम दिन हो ।

सस्थाको ५६ हजार २७० सस्थापक शेयर प्रतिकित्ता शेयरमुल्य ८ सय रुपैयाँ तोकेर लिलामी विक्रिमा ल्याएको हो । कम्पनीको शेयर खरिदको लागि न्युनतम ५ सय कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

कम्पनीको अनुसार शेयर खरिदको लागि बोलकबोल गर्दा तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्नेपर्नेछ । कम्पनीको शेयर विक्रि तथा प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot