Logo

नेपाल फाइनान्सद्वारा ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित



काठमाडौं, ३१ जेठ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल फाइनान्सको आइतबार भएको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

संस्थाको विशेष सभाले प्राप्ति गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, आबश्यक संशोधन÷परिमार्जन लगायतका कागजातहरु तयार गर्ने विवरण उपलब्ध गर्न गराउन लगायतका कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको जनाएको छ ।

सभामा नेपाल फाइनान्सको सञ्चालक प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, रोजिना श्रेष्ठ, लक्ष्मी महर्जन, तथा स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकारलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot