Logo

तास खेलिरहेको अवस्थामा ८ जुवाडे पक्राउ



नवलपरासी(पूर्व), ३१ जेठ । तास खेलिरहेको अवस्थामा ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत ८ जना आइतबार राति पक्राउ परेका हुन्।

उक्त घरमा जुवातास खलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot