Logo

कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ



सिरहा, ३१ जेठ । कटुवा पेस्तोल र गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुखिपुर नगरपालिका–७ बलही बस्ने ४७ वर्षीय गणेश कुमार १ थान कटुवा पेस्तोल र १ थान गोली सहित आइतबार बिहान पक्राउ परेका हुन् ।

गोप्य सूचानको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरपतार तथा गोलबजार र अस्थाई प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरीले सिंहको घरमा सोधपुछ तथा तलासी गर्दा घर नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot