Logo

डाँका चोरी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ



कैलाली, ३१ जेठ । डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–२ बस्ने ५० वर्षीय गोबिन्द राज अवस्थी शनिबार पक्राउ परेका हुन् ।

कैलाली साबिक मालाखेती गाबिस–७ मा २०६५ मंसिर ५ गते यार्सागुम्बा लगायत नगद तथा जिन्सी सामान डाँका चोरीमा संलग्न रहेका अवस्थीलाई जिल्ला अदालत कैलालीको २०६८ असार ३१ गतेको फैसलाले ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५ सय ५० रुपैयाँ जरिवाना भएको थियो । साथै सोही मुद्दामा पुनरावेदन अदालत दिपायलको २०७० फागुन ६ गते र सर्वोच्च अदालतको २०७६ साउन २७ गतेको फैसलाले जिल्ला अदालत कैलालीकै फैसला सदर गरेकोमा ५ वर्ष ११ महिना ३ दिन कैद र उक्त जरिवाना बाँकी रही फरार रहेका उनलाई धनगढी उपमहानगरपालिका३ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot