Logo

कोरोना संक्रमित व्यक्तिको पहिचान १५ मिनेटमै हुने दाबी



एजेन्सी, ३१ जेठ । कोरोना भाइरसको महामारीको क्रममा वैज्ञानिकहरु नयाँ–नयाँ खोजीमा लागेका छन् । यसक्रममा ब्रिटिशका वैज्ञानिकहरुले सीलिंग–माउन्टेन कोभिड ‘अलार्म’ बनेको दाबी गरेका छन् । जसबाट कोठामा भएका व्यक्तिको कोरोना संक्रमण भएको १५ मिनेटमा नै पत्ता लाग्छ ।

द संडे टाइम्सको अनुसार यो अत्यन्तै सटिक उपकरण हो जसले कोरोना संक्रमितको बारेमा छिटो जानकारी दिन्छ । यसलाई भविष्यमा विमानको क्याबिनमा प्रयोग गर्न सकिन्छ ।

लन्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनले सुरुवातमा कोरोना संक्रमण भएपछि खास एक किसिमको गन्ध आउने पत्ता लगाएको थियो । जसको परिणाम स्वरुप वास्पशील कार्बनिक यौगिकहरुमा परिर्वतन हुन्छ र शरीरमा गन्ध फिंगरप्रिन्ट विकसीत हुन्छ । जसलाई सेन्सरले पत्ता लगाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्