Logo

जसपा फुट्न पनि नसक्ने जुट्न पनि नसक्ने



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने भएको छ । निर्वाचन आयोगले कारबाहीको जानकारी गराएर अद्यावधिकको पत्र लेखेको आधारमा फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने भएको छ ।

दुईजना अध्यक्ष रहेकाले दुवैको हस्ताक्षरविना आयोगले अद्यावधिक गर्न नमान्ने स्पष्ट सन्देश दिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि पार्टीबाट निष्काशनको कारबाही गरेर अद्यावधिक गर्न पत्र लेख्दा आयोगको निर्णय कारबाही नै अस्वीकृत गर्ने खालको थियो ।

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत छ । तर, बहुमत भएपनि काम नलाग्ने देखिएको छ । जसपामा कुनैपनि निर्णयका लागि दुई अध्यक्षको स्पष्ट हस्ताक्षर हुनुपर्ने आशयको निर्णय आएको छ ।

अब कार्यकारिणी समितिको निर्णय बसेर उपेन्द्र यादवले ११ जना मन्त्रीलाई स्पष्टिकरण मागेका छन् । जसपाबाट मन्त्री भएका ११ जनालाई स्पष्टिकरण सोध्नुमा सरकारबाट फिर्ता बोलाउने देखिएको छ । फिर्ता नआए निष्काशनको कारबाही हुनसक्छ । त्यतिबेला घटना रोचक हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot