Logo

इन्फिनिटि लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न बोलायो विशेष सभा



काठमाडौं, ३१ जेठ । इन्फिनिटि लघुवित्त वित्तिय संस्थाको बिशेष साधारण सभा हुने भएको छ । आइतबार बसेको सञ्चालक समितीको बैठकले असार ३० गते बिशेष सभा गर्ने निर्णय गरेको हो । संस्थाको अनुसार बिषेश साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्ने सम्बन्धी बिशेष प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ ।

साथै सञ्चालक समितीको बैठकले बिषेश साधारण सभा प्रयोजनार्थ असार ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले १००ः९८ को स्वाप रेसियोमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले जेठ ११ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot