Logo

देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार



काठमाडौं, ३१ जेठ । नेपालमा आज २९ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख १० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार देशभर ६५ हजार ८०४ जना संक्रिय सक्रमितको संख्या रहेको छ ।

त्यस्तै, आज २४ घन्टामा ५ हजार १४७ जनालाई संक्रमण निको भएको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । यसैगरी, आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

मन्त्रालयको अनुसार आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय २९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ ।

मन्त्रालयको अनुसार आज १४ हजार ८ सय १९ परीक्षणमा ९ हजार ४३८ जना पिसीआर विधिबाट र ५३ सय ८१ जना एन्टिजेन विधिबाट पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot