Logo

कर्णाली प्रदेशसभा : पुर्नवहाली पत्र प्रस्तुत



सुर्खेत, ३१ जेठ: कर्णाली प्रदेशसभाको बैठकमा सर्वाेच्च अदालतको आदेशबाट हालै पुनर्वहाली भएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइयो । सभामुख राजवहादुर शाहीले आजको बैठकमा प्रदेससभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्वहाली भएको जानकारी दिए ।

बैठकमा नेकपा (एमाले)का संसदीय दलका नेता यामलाल कंडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरे । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुखप्रतिपक्षी दलले भन्दैमा सरकारमा सहभागी मन्त्री फिर्ता नहुने जिकिर गरे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot