Logo

प्रोफाइल : जसलाई लकडाउनले १७ वर्षकै उमेरमा ‘स्यानिटाइजर किङ’ बनाइदियो



रिपोर्टर्स नेपाल : कोभिड–१९ का कारण २०७६ चैतमा लकडाउन नभएको भए प्रणवजंग पाण्डे यतिबेला कि काठमाडौँमा बीबीए पढिरहेका हुन्थे कि विदेश पुगिसकेका हुन्थे । तर लकडाउनले उनलाई ‘कान्छा व्यापारी’का रुपमा चिनाइदियो ।पहिलो खेपको लकडाउन उनको जीवनमा साँच्चै ‘टर्निङ प्वाइन्ट’ बनेर आयो । १७ वर्षे प्रणव कक्षा १२ मा ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढ्दै थिए । कोरोना महामारीका कारण वार्षिक परीक्षा स्थगित भयो । जाँच ढिलो हुने भएपछि उनी फुर्सदिला भए । घरको चौघेरामा कति दिन थुनिएर बस्ने ?उनका हजुरबुबा प्रदीपजंग पाण्डेको दिमागमा के सुझ्यो भने लकडाउन नातिका निम्ति काम सिक्ने समय हुन सक्छ । अन्ततः उनले प्रणवलाई आफ्नो औषधी कम्पनी लोमस फर्मास्युटिकल्समा पठाए ।कोरोना महामारीले कतिपय पुराना व्यवसायलाई थला पारिदियो भने कतिपग नयाँ ‘बिजनेस आइडिया’ जन्माइदियो । त्यसमध्ये चम्किए मास्क, स्यानिटाइजर, ज्वरो नाप्ने यन्त्रका साथै पीपीईको व्यापार ।

बजारमा गुणस्तरीय स्यानिटाइजरको माग बढेपछि लोमस फर्मास्युटिकल्स ह्यान्ड स्यानिटाइजर उत्पादनतिर लम्कियो ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निर्धारण गरेको मापदण्डका आधारमा चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाएर लोमस फर्मास्युटिकल्सले घर र कार्यालय सुरक्षाका लागि अटोमेटिक डिस्पेन्सर बजारमा ल्यायो, ‘ह्यान्ड एक्स’ ।तीन दशकदेखि औषधी उत्पादनमा लागेको लोमसले कोरोना भाइरस संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर उत्पादन स्वदेशमै थाल्नुको एउटा कारण थियो, यिनै किशोर प्रणवजंगको ऊर्जा । बजारमा चरम अभाव र उपभोक्ताको बढ्दो मागका बीचमा कम्पनीले १ सय एमएल र ५०० एमएलको बोतलमा स्यानिटाइजर सबैजसो औषधी पसल तथा डिपार्टमेन्टल स्टोरमा पुर्यायो ।यसरी नामी औषधी कम्पनी लोमस फर्मास्युटिकल्समा काम सिक्न गएका १९ वर्षे प्रणवजंग पाण्डे अहिले ह्यान्ड एक्स डिपार्टमेन्टकै निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

‘जुनसुकै संकट अवसरका रुपमा पनि आउँदो रहेछ । कोभिड कसैका लागि कहर मात्रै होला तर मेरा लागि अवसर ठहरियो,’ प्रणवजंग निकै हौसिएका छन्, ‘मिडियाले मलाई कहिले कान्छा व्यापारी त कहिले स्यानिटाइजर किङ भन्न थालेका छन् ।’ह्यान्ड एक्स डिपार्टमेन्ट सम्हालेपछि उनले ‘मार्जिन’ राखेनन् । सुपथ मूल्यमा हाताहाती बेचे । ‘व्यापारीले पहिले उधारोमा धेरै सामान मगाउँछन् अनि डेट एक्स्पाएर भएपछि सामान फिर्ता पठाउँछन्,’ उनी भन्छन्, ‘मैले उधारो दिइनँ । बोनस पनि दिइनँ । बरु अप्ठ्यारो समयमा सस्तो तर गुणस्तरीय सामान दिएँ ।’औषधी कम्पनीमा लेबर नआउँदा उनी आफै खटिए । डेलिभरी ब्याय नहुँदा त्यो भूमिका पनि आफैले पनि गरे । त्यसकारण बजारमा स्यानिटाइजरको अभाव हुनै पाएन ।

‘अर्डर’ लिएको एक हप्ताभित्रै सामान ‘डेलिभरी’ गरिदिए ।यतिमात्र होइन, ब्रान्डिङका लागि अनलाइन विज्ञापन गरे । फेसबुकमा बुस्ट गरे । नयाँ उत्पादनको प्रचारप्रसारका लागि जर्मन, जापानी दूतावाससम्म आफै धाए । भाटभटेनी सुपर मार्केटमा आफैले पुर्याए । नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी, ट्राफिक प्रहरी, पशुपति क्षेत्र विकास कोष, टेबल टेनिस खेलाडीलाई स्वास्थ्य–सुरक्षाका लागि ह्यान्डवास, स्यानिटाइजर र भिटामिन–सी निःशुल्क वितरण गरे ।यी किशोर व्यापारीले उपभोक्तामा आधारित उत्पादन ह्यान्ड एक्स स्यानिटाइजरलाई एक वान क्वालिटी दिए । चिलाउने, घाउ हुने, घाममा राख्दा कलर जाने आदि समस्या ढिम्किनै दिएनन् । उनको बुझाइमा नेपाल र भारतको बजार विश्वका अरु देशको भन्दा फरक छ । बजारशास्त्रमा पीएचडी गर्नेलाई समेत नेपाली बजार बुझ्न गाह्रो छ । नेपालको बजारमा सहजै भिज्न सकेकोमा उनी आफूलाई धन्य सम्झन्छन् ।पाण्डे घरानाका तेस्रो पुस्ताका व्यापारी हुन्, प्रणवजंग । बाजेदखि नाति पुस्ता व्यवसायमै सक्रिय छ । लोमस ग्रुपमा प्रणवका पिता प्रबलजंग पाण्डेले सिमेन्टका साथै प्रोडक्सनको पाटो हेर्छन् । काका प्रज्वलजंगले औषधी उद्योग हेरेका छन् भने अर्का काका प्रतापजंग पाण्डेको जिम्मामा बैंक तथा वित्त र पर्यटन क्षेत्र छन् ।नेपाल एकीकरणका एक महानायक कालु पाण्डेका वंशज प्रणवजंग पाण्डे २०५८ कात्तिक ४ गते काठमाडौँको बालुवाटारमा जन्मेका हुन् । काष्ठमण्डप स्कुलबाट एसएलसी गरेपछि उनले १२ कक्षासम्म ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढे । अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा बीबीए दोस्रो समेस्टरमा पढ्दैछन् । व्यापारमा उनको आत्मविश्वास गजबकै छ ।प्रणवका व्यवसाय गुरु या प्रेरणास्रोतचाहिँ हजुरबुबा प्रदीपजंग पाण्डे नै हुन् । पढेका कुरा कसरी व्यवहारमा ल्याउने भन्ने शिक्षा उनले हजुरबाबाटै पाए । हजुरबुबाले उनलाई दिनको एउटा न एउटा नयाँ कुरा सिकाइरहेका हुन्छन् । हजुरबा उनलाई व्यापारसँगै सामाजिक उत्तरदायित्वबारे पनि स्मरण गराइरहन्छन् । त्यसैले सानै उमेरमै उनले सामाजिक कार्यमा चाख दिन थाले ।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका १७ वर्षका स्टार क्रिकेटर सन्दीप लामिछानेलाई उनले आफू १७ वर्षको हुँदा अर्का होटल व्यवसायी युवराज श्रेष्ठसँग मिलेर भव्य सम्मान गरे । ‘नयाँ पुस्ताले नयाँ पुस्तालाई बुझ्छ’ भन्ने उनको मान्यता छ । उनी क्रिकेटर सन्दीप लामिछानेलाई युवा पुस्ताको ‘रोलमोडल’ मान्छन् ।उनका हजुरबा प्रदीपजंग पाण्डेले सन् १९८५ मा सुरु गरेको औषधी कम्पनी हो, लोमस फर्मास्युटिकल्स । डुबिसकेको कम्पनी किनेर उनी चार वर्षमै नेपालकै एक नम्बर औषधी कम्पनी बनाउन सफल भए । गोंगबुमा भएको उद्योगलाई गोठाटारमा सारे । त्यसबाट तीन सयभन्दा बढी औषधि उत्पादन हुन्छन् भने ११ देशमा औषधी पुग्छन् । नाभि मलम एकदमै प्रख्यात छ ।लोमस ग्रुप अन्तर्गत अहिले औषधी, सिमेन्ट, बैंक, इन्स्योरेन्स, हाइड्रोपावर, एयरलाइन्स, पर्यटनलगायत क्षेत्रमा लगानी छ । यी सबै कम्पनीमार्फत पाँच हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

लोमस ग्रुपका लोमस फर्मास्युटिकल्स र लोमस परेन्टरल्स एन्ड फर्मुलेसन गरी दुई औषधी उद्योगले नेपालको औषधी बजारमा ६ प्रतिशत हिस्सा ओगट्छन् ।प्रणवजंग हजुरबुबाको विचारसँग सहमत छन्, ‘सफल उद्योगीको पहिचान भनेकै निरन्तर उद्योग व्यवसाय क्षेत्रमा समर्पित भई रोजगार वृद्धि गर्नु र राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउनु हो । उद्योगीको यात्रा कठिन परिस्थितिमा पनि सकारात्मक सोचसहित निरन्तर अघि बढ्नुपर्छ ।’हजुरबा प्रदीपजंग २०४२ सम्म खानेपानी तथा ढल निकास विभागमा लेखा अधिकृत थिए । जागिर छाडेपछि उनले व्यवसाय सुरु गरे । उनले नेपालमा औषधी नै उत्पादन नभएको र अधिकांश औषधी पूर्णतः आयातमा भर पर्नुपर्ने अवस्थामा लोमस सुरु गरेका थिए । औषधी उद्योगलाई सही मार्गमा ल्याएको १८ वर्षपछि उनले कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि स्थापना गरे र जनकपुरमा क्लिंकरसमेत उत्पादन गरिरहेका छन् । तेज र पूर्वेली ब्रान्डका सिमेन्ट चर्चित छन् ।बिस्तारै उनले शिखर इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, सिभिल बैंक, कैलाश हेलिकप्टर्स आदिमा लगानी गरे । तादीखोला आयोजनाले ५ मेगावाट बिजुली उत्पादन गर्छ भने मिस्त्री खोला आयोजनाले ४२ मेगावाट ।प्रणवका बूढो हजुरबुबा नेपाली कांग्रेसका नेता गणेशमान सिंहका बालसखा थिए । त्यसैकारण पञ्चायतकालमा हजुरबा प्रदीपजंगलाई आर्थिक अनियमितताको झूटो आरोप लाग्यो ।

२०४२ मै राजा वीरेन्द्रले हुकम प्रमांगीबाट कैद र जरिवाना आममाफी गरिसकेको सजाय ३० वर्षपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको बहालवाला अध्यक्ष हुँदा पुनः बल्झियो । गणतन्त्रकालमा राष्ट्रपतिबाट फेरि सजाय मिनाहा गर्दा पनि उनले ‘कर्पोरेट गेमप्लान’का कारण काराबास भोग्नुपर्यो ।’हजुरबाले यसलाई दुःखभन्दा पनि नेपालको कानुन बुझ्ने अवसरका रुपमा लिनुभयो, हरेस खाने त उहाँको स्वभावै छैन,’ प्रणव भन्छन्, ‘कतिपय मानिस बाहिर कतै घुम्न गए भने दुई-चार दिन अफिसै नगई घरमा आराम गरेर बस्छन् । हाम्रा हजुरबा जनकपुरबाट काठमाडौँ आउनुभयो भने सीधै आफ्नो अफिस पुग्नुहुन्छ । कहाँ के समस्या परेको छ, त्यो समाधान गर्नुहुन्छ ।’प्रणवजंग हजुरबाप्रति किन पनि कृतज्ञ छन् भने सानै उमेरमा कम्पनीमा पस्नासाथ उनले एल.सी.बारे थाहा पाए । बैंक ग्यारेन्टीबारे बुझे । ब्यालेन्स सिट हेरे । स्टक अनि क्वालिटीबारे थाहा पाए । सप्लाई म्यानेजमेन्टबारे परिचित भए ।

डिटिजल मार्केटिङ सुरु गरे ।त्यसो त बाउबाजेको पुर्ख्यौली व्यवसायमा मात्र खुम्चिएका छैनन् प्रणव । उनले स्टार्टअप पनि सुरु गरेका छन्, अनलाइन सपिङ । संयुक्त राज्य अमेरिकाका सबै खाले प्रोडक्ट ‘प्रिअर्डर’ लिएर त्यहीँकै सुपथ मूल्यमा बेच्छन् । यसबीचमा चीनबाट अक्सिजन सिलिन्डर पनि ल्याएर बेचे । १७ वर्षको उमेरमा दुई–तीन करोडको कारोबार गरे ।प्रणव सेयर बजारमा पनि उत्तिकै सक्रिय छन् । वर्षेनी नयाँ नयाँ स्टार्टअप सुरु गर्ने उनको इच्छा छ । त्यसका लागि ‘डाइरेक्ट सेल’सँग कुराकानी अगाडि बढाइरहेका छन् । उनी निर्देशक रहेको लोमस अहिले रसियन भ्याक्सिनको एजेन्ट पनि हो ।साहित्यमा पनि प्रणवजंगको रुचि छ । लकडाउनमा उनले लेखेको कविता लगभग भाइरल भयो । ‘आऊ कोरोना आऊ’ ।

२०७७ वैशाख २५ मा लेखेको त्यही कविता ‘कोरोना र नेपाल’ को केही अंशःआऊ कोराना आऊमानिसमा चेतना जगाऊआफैलाई ठूलो र घमण्डी सोच्नेलाईतिम्रो डर जगाइदेऊर भलादमी हुन सिकाइदेऊचेताएरआफ्नो बाटो लगाई जाऊ ।विश्व राज गर्ने अंग्रेज समेतआउन सकेन नेपालमाहामी नेपाली छौतेत्तीस कोटी देवीदेउताको शरणमातिमी त छौ एकदमै सानो प्राणीनेपालबाट छिट्टै जाऊयदि तिमी हौ भने बुद्धिमानी ।साहित्यमा पनि प्रणवका गुरु हजुरबा प्रदीपजंग पाण्डे र कवि वसन्त चौधरी हुन् । उनी टेबुल टेनिस र गल्फ पनि खेल्छन् । उनले आफ्नो भविष्यबारे पनि सोचिसकेका छन् । बढीमा दुई वर्ष नेपाल बाहिर पढेर आउने, त्यसपछि ढुक्कसँग नेपालमै व्यापार-व्यवसायमा जम्ने । शुभकामना किशोर व्यवसायी प्रणवजंगलाई ।



प्रतिक्रिया दिनुहोस्