सुर्खेत, असार १ । कर्णाली प्रदेशमा फलोर क्रस गरेर पद गुमाएका माधव नेपाल पक्षका प्रदेश सभाका सदस्यहरु नै निर्णायक हुने भएका छन् ।
प्रदेश सरकारको निति तथा कार्यक्रम सोमबार पास भएर आज वजेट हुँदैछ । अहिलेको राजनीतिक समिकरण अनुसार वल फेरी माधवपक्षिय सांसदको हातमा आएको छ ।
उनीहरु रहेको दल एमालेले सरकारवाट वाहीर आएर निति तथा कार्यक्रमको पिपक्षमा मतदान गर्न निर्देशन दिएको छ । भने उनिहरु आफै सरकारका मन्त्रीको रुपमा काम गरिरहेका छन् । सर्वोच्च अदालतको आदेशपछि कर्णाली प्रदेशसभा ३९ सदस्यीय बनेको छ ।
एमालेका फलोर क्रस गर्ने ४ जना तथा माओवादी केन्द्र त्यागेर एमालेमा गएका दैलेखका सांसद धर्मराज रेग्मीलाई कारवाही गर्दा ३५ सदस्य कायम भएको दुइ महिना नवित्दै उकालो लागेर ३९ सदस्यमा कायम भएको छ । अदालतको आदेश पछि हाल कर्णाली प्रदेश सभामा एमालेको एकल वहुमत भएको छ ।
सभामुख राजबहादुर शाही सहित एमालेका सांसद २० जना, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन ।
अव हुने राजनितिक घटनाक्रम कसरी विकास हुन्छ त्यस पछि घटनाक्रम फरक ढंगले विकास हुनसक्छ । ३९ सदस्य प्रदेश सभामा वहुमत लिन २० जना सांसद भए पुग्छ ।
माओवादी १२ र कांग्रेशका ६ जना गरेर १८ जनाको वहुमतको कर्णाली प्रदेशका मुख्यमन्त्रिी महेन्द्रवहादुर शाहीको सरकार वनेको छ ।
नेपाल समाचारपत्र दैनिकबाट