Logo

बाढीको बितण्डाः सतर्क हुनुपर्ने कहाँ



काठमाडौं, २ असार । देशका विभिन्न स्थानमा बाढीले बितण्डा मच्चाएको छ । मानवीय एवं भौतिक क्षति भएको छ । मनाङ, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाहरुमा बढी क्षति पुगेको छ ।

हिजो राति जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेकोमा अहिले घट्दै गएको बाढी सूचना केन्द्रले जनाएको छ । हिजो त्यहाँ उच्च सतर्कता अपनाउन भनिएको थियो ।

डडेलधुरास्थित गैबडे पुन्टुरा जोगबुढा वर्षामापन केन्द्रहरुमा भारी वर्षामापन भएको छ । रङगुनखोलालगायत आसपासका साना खोलाहरुमा बाढी आउन सक्ने भन्दै नेपाल बाढी सूचनाले सतर्क हुन भनेको छ ।

यसैगरी, कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी तथा गण्डकी प्रदेशको केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्