काठमाडौं. २ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लैजाने तयारी गरिएकाे छ ।
आज (बुधबार) दिउँसो साढे बाह्र बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली लैजाने तयारी गरिएको हो । पूर्वप्रधानमन्त्री खनालको दिल्ली स्थित एपोलो अस्पतालमा थप उपचार गरिने जनाइएको छ । रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार खनाललाई नर्भिकमा भर्ना गरिएको थियो ।