Logo

पूर्वप्रधानमन्त्री खनालको थप उपचार दिल्लीको एपोलो अस्पतालमा



काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँदिल्ली लगिने भएको छ । अहिले केहिबेरमा दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

अत्याधिक ज्वरोसहित रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्