Logo

४ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ



मोरङ, २ असार । जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot