काठमाडौं, २ असार । शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । साताको कारोबारको चौथो दिन (आज) नेप्से ५२.४१ अंकले घटेर २९ सय ६९ दशमलव ६९ विन्दुमा थामिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ८.५६ अंकले घटेर ५४१ दशमलव ७० विन्दुमा रोकिएको छ ।
नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीका १ लाख ६७ हजार ९३८ पटक कारोबार भएर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँ बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर खरिद विक्रि भएको छ । आज लघुवित्त उपसमुह बाहेक सबै समुहको परीसुचक घटेका छन् । नेप्से परिसुचक राताम्मै छन् ।