Logo

सुर्या लाइफको व्यतित बीमालेख नविकरणमा असार १५ गतेसम्म ब्याज छुट



काठमाडौं, ३ असार । कोरोना महामारीलाई लक्षित गरी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी असार ३ (आज) देखि असार १५ गतेसम्म ब्याजमा छुट दिने भएको हो ।

कम्पनीको अनुसार बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुको हकमा ५० प्रतिशत छुट दिने भएको छ । भुक्तानी गर्नपर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखमा ४५ प्रतिशत ब्याज छुट प्रदान गर्ने र भुक्तानी गर्नुपर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत व्याज छुट दिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot