Logo

बाढीले मनाङका यी बैंकको शाखा बगायो, कर्मचारी सुरक्षित



मनाङ, ३ असार । केहीदिन यता देशमा भारी वर्षा हुँदा मनाङमा बाढी पहिरोले दुई बैंकको शाखा कार्यालय बगाएको छ । मनाङको मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि नासों गाउँपालिकास्थित प्राइम कमर्सियल बैंक र प्रभु बैंकको शाखा कार्यालय बगाएको जनाएको छ ।

मनाङमा बुधबार दिउँसो आएको बाढीले गाउँपालिका कार्यालय, प्रहरी चौकी, होटलहरु पनि बगाएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बाढीसँगै सम्पर्क बिहिन भएका बैंकका एक कर्मचारी सम्पर्कमा आएका छन् । बाढीले २ बैंकको शाखा बगाउदा लाखौको क्षति भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot