काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिमा २० जना थपेर निर्वाचन आयोगमा नमावली बुझाएको छ । यता, उपेन्द्र यादव पक्षले भने कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।
ठाकुर पक्षले थपेका २० जना कार्यकारिणी समितिमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा।विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा. सुरेन्द्र झा रहेका छन् । File Photo