Logo

जीवन विकासले १९ लाख कित्ता आईपीओ जारी गर्ने



काठमाडौं, ३ असार । जीवन विकास लघुवित्त संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले असार ११ गतेदेखि १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्रि गर्न लागेको हो ।

कुल कित्तामध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरु, १८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी भएको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि विक्रि गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिन्छ । नेपाल धितोपत्र बोर्डल जेठ ३० गते १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । फागुन १७ गते आईपीओ निष्काशन गर्न कम्पनीले बोर्डमा निवेदन दिएको थियो ।

हाल ४१ करोड ६ लाख ७० हजार चुक्तापुँजी रहेको कम्पनीको चालु आर्थिक वर्षको तैमासिक विवरण अनुसार ६५ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्