काठमाडौँ, ३ असार । भोली (असार ४) गते शुक्रवार देखि सोमबारसम्म नबिल बैंकको ग्राहक सेवामा समस्या हुने भएको छ। बैंकले सुचना जारी गर्दै शुक्रवार असार ४ गते अपराह्न ४ बजे देखि बैंकको कोर बैंकिंग प्रणाली (सीबीएस) अपग्रेड गर्न लागिएको जानकारी दिएको हो ।
बैंकको अनुसार सो प्रणालीको स्तरोन्नति (अपग्रेडेशन) प्रक्रियाको क्रममा बैंकले प्रयोग गरिरहेको सीबीएस बन्द हुनछन् । स्तरोन्नति चलिरहेको बेला बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सम्पुर्ण बैंकिंग सेवा बन्द रहन्छन् ।
५ गते शनिवार, ६ गते आइतबार र ७ गते बिहान ९ बजेसम्म सो बैंकको सबै शाखा बन्द रहने सूचनामा उल्लेख छ। त्यसै गरी सो समयमा इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एटिएम, कार्ड र रेमिटेन्स सेवा समेत बन्द रहने बैंकले जनाएको छ।