Logo

पेस्तोल सहित ३ जना पक्राउ



उदयपुर, ३ असार । पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका(८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् ।
पशुरामको घरमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot