Logo

१४३ किलो गाँजा सहित ३ जना पक्राउ



मकवानपुर, ३ असार ।१४३ किलो अवैध लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जना बिहीबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ सिगार्से बस्ने २८ वर्षीय सनक बहादुर तामाङ, गाडीका सह(चालक सोही नगरपालिका(८ मानेश्‍वरा बस्ने २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका-१ गल्छराङ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई १२ वटा पोकामा लुकाइ ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी गाँजा र गाडी सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot