Logo

मेलम्चीमा बाढीपीडितलाई बस्नेतको राहत



काठमाडौं, ३ असार । पूर्व सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अनुरोधमा आज नेपाली चलचित्रका नायकद्वय राजीवजङ्ग बस्नेत र आकाश श्रेष्ठका साथै बर्गर हाउस परिवार काठमाडौंद्वारा मेलम्ची इन्द्रावती क्षेत्र प्राकृतिक प्रकोप एवं विपद् राहत व्यवस्थापन तथा सहजीकरण मूल समितिलाई राहतस्वरूप खाद्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कलाकार बस्नेतको अगुवाइमा मेलम्चीका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । सो सामान इन्द्रेश्वरी उच्च माध्यमिक विद्यालयमा आश्रित बाढीपीडितलाई दिइने लोकतान्त्रिक खेलकुद महासंघमा आबद्ध बस्नेतले बताए ।

त्यहाँ लगिएका राहत सामग्रीमा चामल तीन सय बोरा, ग्यास ७० सिलिन्डर, तेल दुई सय लिटर, नून दुई सय पाकेट, दाल दुई सय किलोग्राम (केजी) मस्यौरा पाँच बोरा, चिउरा एक सय केजी, साबुन पाँच सय पिस, दालमोठ पाँच बोरा र खुर्सानी, बेसार, मसलासहितका सामग्री वितरण गरिनेछ ।

यस्तै, नेता बस्नेतले गत बुधवार अम्बाथान हुँदै पहिरोले मेलम्ची नदी थुनिएको ठाउँ बखानसम्म पुगी त्यहाँका बाढीपीडितको गुनासो सुनेका थिए । त्यहाँबाट फर्किएर मेलम्ची आइपुग्नुभएका बस्नेतले सम्बद्ध नगरपालिकाका पदाधिकारीलाई पीडित सबै जनताको मर्का बुझ्न निर्देशन दिएका थिए ।

यस्तै, भोलि शुक्रवार आफ्नै अनुरोधमा अभिनेत्री पूजा शर्माको समूह राहतका विभिन्न सामान लिई मेलम्ची जाने पनि पूर्व मन्त्री तथा नेता बस्नेतले बताएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot