Logo

अलैंचीको मूल्य बढे पनि किसानले लिन सकेनन् फाइदा



ताप्लेजुङ, असार ४ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।

विगत केही वर्ष अलैंचीको मूल्यमा निरन्तर कमी भएको थियो । यस वर्ष पनि अलैंची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात् प्रतिमन ९४० किलोग्राम० २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैंची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरीद विक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएका हुन् ।

अहिले अलैंचीको मूल्य वृद्धि भएर प्रतिमन ३० हजारदेखि ३२ हजारसम्म पुगेको छ । मूल्य वृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए । पहिले सिजनमै अलैंचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेकाले त्यो फाइदा लिन नपाएको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्