Logo

जोखिम युक्त बस्ती स्थानान्तरण जरूरी



काठमाडौं, असार ४ । देशभित्रवर्षेनी बाढीपहिरोबाट सयौ नागरिकले ज्यानगुमाउने गरेका छन् भने ठूलो जनधनको क्षति हुँदै आएको छ । राज्यले पनि ठूलो व्ययभार व्यहोर्दै आएको छ । वर्षेनीआउने बाढी पहिरोको पहिलो निसानामा नदी तथा खोला किनाराका बस्तीमा बसोबास गर्ने बासिन्दा पर्दै आएका छन् ।

यसपटक वर्षा यामको शुरूमै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो जन धनको क्षति गरेको छ । तराई क्षेत्रमावर्षेनीहुँदै आएको डुबान यो वर्ष पनिहुने पूर्वानुमानजलतथा मौसम विज्ञान विभागले गरिसकेको छ ।पहाडी क्षेत्रमा बाढीपहिरोको मुख्य कारण पछिल्लो समयमा स्थानीय सरकारले निर्माण गरिरहेको ग्रामीण सडक बन्नपुगेको छ । हरेक स्थानीयतहले घरघरमै सडक पु(याउने नीति लिएपछि बाढी पहिरोको जोखिम बढ्दै गएको हो ।

त्यसैगरी, नदी तथा खोला किनारामा अव्यवस्थित रूपमा विकास भएका बस्ती पनि बाढी पहिरोबाट हुने ठूलो जनधनको क्षतिको प्रमुख कारक हुन् । प्राकृतिक विपद्को व्यवस्थापन गर्नका लागि सरकारले जारी गरेको विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएर अहिले कामभइरहेको छ । हाल प्राधिकरणले देशभर हुने प्राकृतिकविपद्को व्यवस्थापन र समन्वयगर्दै आएको छ । प्राधिकरणले विपद्को दीर्घाकालीन समस्याका लागि नीतिगत रूपमा सुधार गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिलपोखरेलले बाढी पहिरोबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न हजारौं बस्ती स्थानान्तरण गर्नुपर्ने बताउनु हुन्छ । उहाँले नेपाल समाचारपत्र सँग भन्नु भयो–‘जोखिमयुक्तबस्ती स्थानान्तरणको विषयमातथ्याङ्क संकलनको कामभइरहेको छ ।

बाढी पहिरोबाट हुने क्षतिलाई रोक्न नदी र खोला किनाराका बस्ती स्थानान्तरण गर्नुको अर्को विकल्प छैन ।’२०७२ सालमागएको विनाशकारी भूकम्पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस अवधिमादुई सयवटा असुरक्षित बस्तीलाई स्थानान्तरण गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot