Logo

जसपामा महन्थ र उपेन्द्रमध्ये कस्ले बाजी मार्लान् ?



काठमाडौं, ४ असार । जनता समाजवादी पार्टीभित्र को आधिकारिक भन्ने विवादको अझै टुंगो लागेको छैन । निर्वाचन आयोगमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले एक-अर्कामाथि कारबाही गर्दै पार्टी अद्यावधिक गर्न पठाएको पत्र अस्वीकृत भएको छ ।

आयोगको कदमपछि दुवै खेमाले फरक निर्णयहरु गरेका छन् । अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा २० जना थपेर बहुमत आफ्नो पक्षमा देखाउन खोजेका छन् । थपिएका १० जना नै उनी निकटस्थ हुन् । जसमध्ये वर्तमान सरकारका मन्त्री उमाशंकर अरगरिया र एकवाल मिया पनि छन् ।

यसअघि उपेन्द्र यादवले पार्टी कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी ११ जनालाई कारबाहीको निर्णय गरेका छन् । ५१ कार्यकारिणी सदस्यमध्ये ३० जना सशरीर आयोग गएर आधिकारिकता दाबी गर्ने निर्णय समेत भएको छ ।

जसपाको अहिलेको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् । तर, थपिएकालाई समेत आधिकारिक मान्ने हो भने महन्थ ठाकुर बहमुतमा पुग्छन् । अब थपिएकाले मान्यता पाउने हो या होइन भन्ने महत्वपूर्ण विषय हो ।

जसपाको थपिएका कार्यकारिणी समिति सदस्यले मान्यता नपाए उपेन्द्र यादवले आधिकारिक हुनेछन् । अन्यथा ठाकुरले आधिकारिकता पाएर जसपा नेतृत्व उनको हातमा पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्