Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं, असार ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दै छ ।१४ औं महाधिवेशनका विषयमा छलफल गर्न बिहीबारदेखि बसेको बैठकले पनि निरन्तरता पाउन लागेको हो ।

बिहीबार बसेको बैठकले आगामी साउन १२ गतेबाट वडा तहबाट अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसअघि भने कांग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि तल्लो अधिवेशन सुरु गर्ने प्रस्ताव पारित गरेको थियो ।

बिहीबारको बैठकले वडातहका साथै पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिकामा समेत केही फेरबदल गरेको थियो ।

त्यसैगरी बिहीबारको बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो लगाउन अन्तिम समय असार मशान्तसम्म तोकेको छ । यसअघि पादधिकारी बैठकले सो का लागि असार २० सम्मको समय दिएको थियो

 



प्रतिक्रिया दिनुहोस्