पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज प्रदेश सभामा विश्वासको मत लिन सकेका छन् । उनले कुल प्रदेश सभा सदस्यको बहुमत ३१ मत प्राप्त गरेका थिए ।
नेपालीको विपक्षमा २७ मत परेको थियो । कुल ५९ सदस्यीय प्रदेश सभा सदस्यमध्ये नेकपा एमालेका २७ जना सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
विश्वासको मतको पक्षमा नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दिपक मनाङेको १ मत परेको थियो ।