Logo

मेलम्ची नगरपालिकाद्वारा बाढी पीडितलाई सहयोगको अपिल



काठमाडौं, ४ असार । मंगलबारदेखि सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीमा आएको भिषण बाढीबाट पीडित परिवारलाई सहयोग गर्न मेलम्ची नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाले बाढीबाट विस्थापित तथा संकटमा परेको परिवारलाई पुनःस्थापना गर्न र क्षति भएका संरचनाहरु पुःन निर्माण गर्नका लागि सहयोग गर्न अपिल गरेको हो ।

नगरपालिकाले बाढी पीडितको लागि ५० लाख रुपैयाँको ‘मेलम्ची बाढी पीडित राहत तथा पुनःस्र्थापना कोष’ स्थापना गरेको जानकारी दिँदै नगरपालिकालाई सहयोग गर्न संघ संस्था, सरकारी एवं गैह्र सरकारी निकाय, स्थानिय तहहरुलाई नेपाल बैंक लिमिटेड, मेलम्ची शाखामा रहेको कोषको खाता नः १६८००१०७०५०२०९०००००१ मा रकम जम्मा गरी सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।

साथै, नगरपालिकाले प्राप्त भएका सहायतालाई पारदर्शी एवं निष्पक्ष ढंगबाट परिचानल गरी सार्वजनिक गर्ने पनि प्रतिवद्धता गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot