
काठमाडौँ, ५ असार: पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए ।
पशुपति क्षेत्रको सफाइमा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, अभियानकर्मी केशवप्रसाद पुडासैनी, चक्रबहादुर चन्द, दुर्गा रावल र समितिका सञ्चालक सदस्य खरेलको सक्रियता थियो ।-रासस/File Photo