काठमाडौं, ५ असार । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमै सम्पन्न गर्नेगरि तयारी थालिएको छ । नेतृत्वमा यसपटकपनि पनि कडा प्रतिष्पर्धा हुने बुझिएको छ । सभापति शेरबहादुर देउवाले पूनः सभापतिमा उठ्ने भन्दै सोहीअनुसार तयारी थालेका छन् । आज विहानमात्रै उनले प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने आफूनिकट केन्द्रीय सदसयहरुसँग निवासमा छलफल गरेका थिए । उनले आफू पूनः सभापतिमा लड्नेगरि अघि बढ्ेको भन्दै माहोल बनाउन आग्रह गरेका थिए । देउवालाई भेट्न नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, मिन विश्वकर्मा, सिता गुरुङलगायत पुगेका थिए ।
सभापति देउवाले अहिले उपसभापति विमलेन्द्र निधिसँग छलफल गरिरहेको एक नेताले जानकारी दिए । यसपटक आफू पनि सभापतिमा उठ्ने तयारी गरेका निधिलाई रोक्न देउवाले छलफल गरेको बुझिएको छ। सुरुदेखि नै निधि देउवाको साथमा थिए । तर, १४औं महाधिवेशनमा सभापतिमा देउवालाई साथ नदिने बरु आँफै उठ्ने निधिको योजना छ । उनी यसपटक कुनैपनि हालतमा ब्याक नहुने पक्षमा छन् । तर, देउवा भने एकपटक आफूलाई साथ दिनुपर्ने भन्दै निधिलाई फकाउँदैछन् ।
उता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भने सभापतिमा को उठ्ने ? भन्नेबारे नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । यसपटक पौडेल पक्षबाट सभापतिमा लड्नको लागि वरिष्ठ नेता पौडेलसहित नेताहरु शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह र सुजाता कोइरालाको नाम चर्चामा छ । तर, नेताहरुले आफूहरुको पक्षबाट सभापतिमा को उठ्ने ? भन्नेबारे सहमतिमै नाम टुँगो लगाउने बताउँदै आएका छन् । File Photo/ReportersNepal