Logo

समर्थन मूल्यको आधामा धान बेच्दै किसान



काठमाडौं, असार ६ । आफूले कडा परिश्रम र मेहनत गरेर उत्पादन गरेको चैतेधान सरकारले तोकेको समर्थन मूल्यभन्दा आधा कम मूल्यमा बेच्न किसानहरू बाध्य भएका छन् ।

सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चैतेधान नकिनेपछि किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् ।

सरकारले किसानहरू मर्कामा नपरून् भनी समर्थन मूल्य तोक्ने गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि मध्यम धान प्रतिक्वीन्टल २८ सय ८५ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको थियो । तर, कम्पनीले चैतेधान किन्नमा कुनै चासो नदेखाएपछि आफूहरूले प्रतिक्वीन्टल १४ सयदेखि १५ सय रुपैयाँसम्ममा धान बेन्नु परेको किसानले बताएका छन् ।

सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले आफूहरूले उत्पादन गरेको धान प्रतिक्वीन्टल १५ सय रुपैयाँमा बेच्नु पर्दा निकै दुःख लागेको बताए । सरकारले समर्थन मूल्यका नाममा किसानको परिश्रममाथि खेलबाड गरेको उनको आरोप छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्