Logo

साङ्ग्रिला डेभलपमेन्टको ऋणपत्र आजदेखि



काठमाडौं, असार ६ । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आइतबारदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैङ्कले ७५ करोड रुपियाँ बराबरको सात लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसमध्ये चार लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुनेछ । बाँकी तीन लाख कित्तामध्ये १५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले तोकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

एक हजार अङ्कित मूल्यको १० वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ अघिल्लो आव २०७५र७६ मा १२७/९५ रुपियाँ थियो भने गत आवमा १२६.८३ रहेको थियो । चालू आवका लागि १३१.०६ रुपियाँ र आगामी आवका लागि १३९.४२ रुपियाँ प्रक्षेपण गरिएको छ ।

त्यस्तै अघिल्लो आवमा १३.११ रुपियाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा घटेर ७.३३ रुपियाँमा सीमित भएको थियो । चालू आवमा १५.४३ प्रतिशत हुने र आगामी आवमा २२।२२ रुपियाँ हुने प्रक्षेपण गरिएको छ ।

ऋणपत्रको बिक्री छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बन्द हुने कम्पनीले जनाएको छ ।बैङ्कलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी आईआर बीबी प्लस प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्