काठमाडौं, ६ असार । नागरिक केयर सेन्टर विराटनगरलाई माछापुच्छ्रे बैंकले तीन लाख सहयोग रकम उपलब्ध गराएको छ ।
कोराना महामारी रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग गरेको जनाएको छ ।
बैंकले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न निकायलाई सहयोग गर्दै आएको जनाएको छ ।