Logo

एनआईसी बैंकले आजदेखी १० वर्षे ऋणपत्र निष्काशन गर्दै



काठमाडौं, ६ असार । आजदेखि एनआईसी एशिया बैंकले १० वर्षे अवधिको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकके ३ अबए रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आजदेखि विक्रि खुल्ला गर्ने जनाएको हो ।

बैंकले उक्त ऋणपत्रको नाम ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८८’ दिएको छ । कुल ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण, १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट संघसंस्थाहरुलाई विक्रि गर्नेछ भने सर्वसाधारणलाई छुट्टाएको मध्ये ६० हजार कित्ता सामुहिक लगानीकोषमा लागि छुट्टाएको छ ।

उक्त ऋणपत्रमा न्युनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाई सम्मका लागि छिटोमा असार ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्