Logo

महन्थ ठाकुरले किर्ते र जालसाझी गरे : राई (भिडिओसहित)



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य मोहम्मद ईस्तियाक राईले पार्टीको हितविपरित गतिविधि गरेको कारणले पार्टीबाट महन्थ ठाकुरसहित नेताहरुलाई निश्काषन गरिएको स्पष्ट पारेका छन् । तर, ठाकुर पक्षले उपेन्द्र यादवलाई गरेको कारबाही भने फर्जी रहेको उनको भनाई छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राईले यस्तो बताएका हुन् । उनले भने,‘महन्थ ठाकुरसहित चार नेतालाई पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यहरुले हटाएको हो । तर, उपेन्द्र यादवलाई गरिएको कारबाही चाहीँ महन्थ ठाकुरको एकल हस्ताक्षले गरिएको हो । यो किर्ते काम हो ।’

उनले ठाकुरले किर्ते काम गरेको जिकिर गरे । अदालतको फैसलाले पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी सावित भएको उनको भनाई छ । उनले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर असंवैधानिक कदम चालेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्