Logo

स्वावलम्बन लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा



काठमाडौं, ६ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज देखि लिलामी बिक्रि खुल्ला भएको छ । संस्थाले आजदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य रू. ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ ।
प्रतिकित्ता न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सक्ने कम्पनीले व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot