Logo

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना



काठमाडौं, ६ असार । आइतबार पनि देशका विभिन्न भागमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज महाकाली र यसका स–साना सहायक नदीमा बहाब बढ्ने र केही साना नदीमा बहाब सतर्कता तह पार गरि खतरा तह आसपास पुग्न सक्ने पुर्वानुमान रहेकोले उक्त क्षेत्रका स–साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसबाहेक देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुनेछ भने प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा को सम्भावना रहेको मौसम विभाग महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाको अनुसार रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा को सम्भावना पुर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्