एजेन्सी, ६ असार । भारत सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुका ४ लाख परिवारलाई क्षतिपुर्ति नदिने भएको छ । ज्यान गुमाउने परिवारले क्षतिपुर्तिको माग गर्दै दिएको सर्वोच्च अदालतको मुद्दामा भारतको केन्द्रिय सरकारले क्षतिपुर्ती दिन नसक्ने स्पष्ट पारेको हो ।
सरकारले सर्वोच्च अदालतलाई आपतको कानुन केवल प्राकृतिक आपद भुकम्प, बाढी आदीमा मात्र लागु हुने बताएको छ । एक रोगबाट मृत्यु भएका परिवारलाई सहयोग गरेमा अन्य परिवारलाई अन्याय हुने सरकारले जिकिर गरेको छ ।
भारतीय केन्द्रिय सरकारको अनुसार कोरोना संक्रमित व्यक्तिको मृत्युमा क्षतिपुर्ति दिनुु राज्यको वित्तीय सामथ्र्य भन्दा बाहिरको हो । अदालतले उपधारा २००५ को अनुसार संक्रमणबाट ज्यान गुमाएको परिवारलाई ४ लाख रुपैयाँ क्षतिपुर्ति दिन अनुरोध गरेको थियो । भारतमा हालसम्म ३ लाख ८६ हजार ७१३ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।