Logo

युगान्डाबाट भ्याक्सिन लगाएर टोकियो पुगेका ओलम्पिक खेलाडीलाई कोरोना संक्रमण



एजेन्सी, ६ असार । टोकियो ओलम्पिकमा सहभागिताका लागि युगान्डाबाट उड्नुअघि उनको कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि लगाएका थिए । तर, टोकिया पुगेपछि परीक्षण गर्दा युगान्डाको ओलम्पिक टोलीका सदस्यमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

शनिबार युगान्डाका खेलाडी टोकियोको नारिता एयरपोर्ट पुगेका थिए । उनले एस्ट्राजेनेका भ्याक्सिन लगाएका थिए । कोरोना भाइरसको संक्रमण खेलाडी पत्ता लागेपनि उनको नाम खुलाइएको छैन । एनएचकेका अनुसार संक्रमित युगान्डाका खेलाडी अलग्गै तरिकाले राखिएका छन् ।

कोरोना भाइरसको जोखिमका बीच जापानले ओलम्पिकको आयोजना गर्न लागेको छ । २०२० मा हुनुपर्ने खेल महामारीका कारण एक वर्ष पछि सारिएको थियो ।

युगान्डाका नौं खेलाडी टोकिया पुग्दा एक खेलाडीमा संक्रमण भेटिएको उल्लेख गर्दै ओलम्पिकका लागि एक लाख मानिस टोकियो पुग्दा महामारी खतरनाक बन्न सक्ने आलोचकहरुले विरोध गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्