काठमाडौं, ६ असार । उपत्यकामा निजी सवारीमा जोर बिजोर प्रणाली लागू गरेपनि यात्रुको अधिकतम संख्या तोकिएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा एक साता थपिएसँगै आज जारी सूचनामा ८ असारबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन छूट दिइएको छ ।
कार, जीप र भ्यानमा बढीमा चारजना यात्रा गर्न अनुमति दिइने निर्णय भएको छ । ट्याक्सीमा अधिकतम तीनजना मात्र यात्रा गर्न छूट दिने तय भएको छ । यो एक हप्ताका लागि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको छ ।