काठमाडौं, असार ७ । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ ।
मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् ।
करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका करदाताको सङ्ख्या २ लाख ८८ हजार ७०८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख ११ हजार ४९१ पुगेको छ । आर्थिक अभियान दैनिकबाट