Logo

१ महिनामा दर्जन वित्त कम्पनीको नाफामा संकुचन



काठमाडौं, असार ७ । अधिकांश वाणिज्य बैंक र विकास बैंकले नाफा बढाउन सके पनि १ दर्जन वित्त कम्पनीको नाफा भने संकुचनमा आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तबाट वैशाख मसान्तमा फड्को मार्दा वित्त कम्पनीहरूको नाफा करीब ६ करोड ६९ लाख रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट उपलब्ध तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वित्त कम्पनीमध्ये १७ ओटा वित्त कम्पनीको नाफा घटेको छ ।

नाफा वृद्धि घट्दा वित्त कम्पनीहरूको चालू आर्थिक वर्ष (आव) को १० महीनासम्म खुद नाफा रू। १ अर्ब ९१ करोडमा सीमित भएको छ । यसअघि चैतसम्म अर्थात् चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीहरू करीब १ अर्ब ९८ करोड रुपैयाँ बराबर नाफा गर्न सफल भएका थिए ।

सरकारले गत वैशाख १६ देखि मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बैंकिङ कारोबार र नाफामा देखिएको नेपाल वित्तीय संस्थासंघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । एक महीनामा चारओटा वित्त कम्पनीले मात्रै नाफा वृद्धि गर्न सफल भएका छन् । बाँकी १२ कम्पनीको नाफा वृद्धि प्रभावित भएको छ । वेस्ट फाइनान्सले सबैभन्दा बढी अर्थात् रू। २ करोड ९८ थप नाफा कमाएको छ । राष्ट्रियस्तरको यो फाइनान्स कम्पनीको वैशाखसम्ममा खुद नाफा रू। ११ करोड ८३ लाख पुगेको छ ।

नाफा वृद्धि गर्ने दोस्रो कम्पनीमा सृजना फाइनान्स रहेको छ । ३ जिल्लामा मात्रै सञ्चालनमा रहेको यो फाइनान्सले १ महीनामा ९२ लाख ४० हजार बराबर नाफा बढाएको छ । वैशाखसम्म उक्त कम्पनीको खुद नाफा रू। २० करोड २२ लाख रुपैयाँ बराबर रहेको छ । यस कम्पनीले गत चैतसम्ममा रू। १९ करोड ३० लाख रुपैयाँ बराबर खुद नाफा गरेको थियो ।

कोेरोनाको संक्रमण धेरै देखिएको क्षेत्रमा निषेधाज्ञा लगाएकाले जोखिम नभएका क्षेत्रमा वित्तीय कारोबार भइरहेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्