Logo

निःशुल्क चिकित्सकीय परामर्श



काठमाडौं, असार ७ । भक्तपुरका सबिन अधिकारीलाई केही समयअघि कोरोना सङ्क्रमण पुष्टि भयो । कोरोना देखिएपछि सामान्य असर देखिन थाल्यो । अस्पतालमा र्शया खाली थिएनन् । त्यसैले सबिन घरमै छुट्टै कोठामा बसे ।
स्वास्थ्यमा असहज भएपछि उनले स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा आउने नम्बरमा फोन गरे । त्यो फोन लागेन । लागेको बेला पनि उठ्दै उठेन ।

त्यसपछि सामाजिक सञ्जालमा नेपाल चिकित्सक सङ्घले उपलब्ध गराएको मोबाइल नम्बर भेटे । त्यहाँ फोन गर्दा उनको स्वास्थ्य समस्या बताइसकेपछि चिकित्सकले राम्रो सल्लाह दिए । सोही सल्लाहअनुसार घरमै बसेर उनले कोरोना परास्त गरे। टोखा निवासी प्रतीक न्यौपानेलाई पनि कोरोना देखिएको थियो ।

जिउ दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएपछि न्यौपानेले अस्पताल जाने निधो गरे। अस्पताल जानलाई शैया नपाउने समस्याले कुनै चिकित्सकसँग परामर्श गर्न सकिन्छ कि भनेर पहल गरे । त्यो पहल सार्थक भएन । चिनजानका साथीमार्फत टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलासँंग टेलिफोनमै सम्पर्क भयो ।

डा बास्तोलाको सुझावअनुसार प्रतीकले अनुसरण गर्दै गए । अहिले उनलाई पूर्ण रूपमा कोरोना ठीक भइसकेको छ । डा बास्तोलाले स्वास्थ्यमा समस्या नभएपछि एकपल्ट छातीको एक्स–रे गरेर पठाउनु भनेकाले न्यौपानेले छातीको एक्स–रे गरे, पठाए र समस्या समाधान पनि भयो ।

कोरोना कालमा सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विज्ञापन हेरेर सङ्क्रमितले आफूखुसी औषधि सेवन गरिरहेका छन् । चिकित्सकको परामर्शबिना आफैँ किनेर सेवन गरिएका औषधिले आउँदा दिनमा असर गर्ने चिकित्सकको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्