Logo

बाढीपहिरोमा परी १८ को मृत्यु



काठमाडौं, असार ७ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबारसम्म १८ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ११ पुरुष, चार महिला, दुई बालक र एक बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा चार, डोटीमा तीन, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा एक–एक जना रहेका छन् ।

बाढी, पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । तीमध्ये १२ पुरुष, चारमहिला, एकबालक र दुई बालिका रहेका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकमा पाँच, म्याग्दी र डोटीमा तीन–तीन, जुम्ला र कास्कीमादुई–दुई, स्याङ्जा, चितवन, सल्यान र दार्चुलामा एक–एकजना रहेका छन् ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।बाढीपहिरोमा परी २१ जनाबेपत्ताभएका छन् । तीमध्ये १४ पुरुष, पाँचमहिला र दुईबालक रहेका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकमा २० र बाजुरामा एकजना रहेका छन् ।बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४, सल्यानमा आठ, दाङमाचार र कञ्चनपुरमा तीन गरी एक सय नौ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारू गराएको छ । साथै वर्षाका कारण बझाङ, कालिकोट, बैतडी लगायतका स्थानमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।बाढीको कारण दुई सय १० वटा घर डुबानमा परेका छन् ।

दुई सय पाँच वटा घर, ११ वटा गोठ, १८ वटा पुल, तीन वटा विद्यालय र आठ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सात सय ४८ वटा घरका तीनहजार दुई सय ५८ जनामानिस विस्थापित भएका छन् भने ६ सय २९ वटा पशु चौपायाको मृत्यु भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot