Logo

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु



नयाँ दिल्ली, असार ७ । भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोपको महाअभियान सुरु भएको छ । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने योजना अनुरुप भारत सरकारले आजदेखि महाअभियान सुरु गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाइने छ ।

नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने छ । निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नुपर्ने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ ।

भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यो खोप अभियानमा जुन महिनासम्ममा ३० करोड नागरिकले लगाउने अपेक्षा गरिएको छ ।

त्यसपछि लक्ष्य पूरा गर्न बाँकी रहेको ६ महिनामा १५० देखि १६० करोड डोज खोप लगाउनु पर्ने हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot