Logo

कामना बैंकको नयाँ शाखा नख्खु दोबाटोमा



काठमाडौं, ७ असार । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । आइतबार बैंकले आफ्नो १२५ औ शाखा कार्यालय नख्खुमा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

शाखाको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल)माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकको भच्र्युअल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसायविस्तारको क्रममासमय सापेक्ष थपनवीनतम्प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत आफ्नाग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत बताएको छ । यससंगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै गर्ने भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्