काठमाडौं, ७ असार । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको बैंकले जनाएको छ ।
बैंकको अनुसार एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरु वितरण गरिएको हो ।
अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार स्वरुप उपचारका लागी काठमाडौं पठाएको जनाएको छ । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेको बैंकले जनाएको छ ।